आँखैमा झलझली ‘माछापुच्छ्रे’ (फोटोकथा)
पाेखरा | पुस १२, २०८१
कास्की: पर्यटकीय राजधानी पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् ।
चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् ।
यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ ।
कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्गमा यस वर्षको सिजन सुरु भएसंगै पर्यटक पुग्न थालेका छन् । कोर्चाङ पुग्न विभिन्न रुटहरु छन् ।
ग्रेट माछापुच्छ्रे ट्रेल अन्र्तगत पर्ने खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ ।

पोखरादेखि मिर्सासम्म यातायातको व्यवस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ ।
त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । यस्तै अर्काे रुट लुम्रे क्षेत्रबाट भने, सिधैं कोर्चाङ जान सकिन्छ । जुन ३ हजार ६ सय ८३ मिटर उचाइमा छ ।
कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृंखलाको अवलोकन र प्राकृतिक सौन्दर्यतासँग पीरति साट्न सकिन्छ ।
तस्बिर: राकेश थापामगर/सुनगाभा न्यूज










अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

